PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवा प्रहरी नियन्त्रणमा

सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवा प्रहरी नियन्त्रणमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विभिन्न माग राख्दै सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्वास्थ्य क्षेत्रमा देखिएको विकृतको विषयमा नारा लगाउँदै बिहान सिंहदरबार क्षेत्रमा पुगेका नागरिक समाजका अगुवाहरूलाई नियन्त्रणमा लिएको हो।

धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कर्मचारी, विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वृहत् नागरिक आन्दोलनले सिंहदरबार घेराउ गर्न पुगेका थिए।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीको भ्यानमा राखेर भृकुटीमण्डपस्थित पुलिस क्लबमा लगेर राखेको छ। पक्राउ परेकामा नागरिक अगुवा नारायण वाग्ले, खगेन्द्र संगौला, अर्चना थापा लगायत रहेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell