PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

एमालेमा खुसीको खबर सर्वोच्चको फैसलापछि मात्रै आउँछ : वामदेव गौतम, बजेट राष्ट्रियसभामा पेस गर्न प्रस्ताव



पहिलोपोस्ट

एमालेमा खुसीको खबर सर्वोच्चको फैसलापछि मात्रै आउँछ : वामदेव गौतम, बजेट राष्ट्रियसभामा पेस गर्न प्रस्ताव

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले सर्वोच्चको फैसलाअघि पार्टीको विवाद समाधान हुने सम्भावना नरहेको बताएका छन्।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै नेता गौतमले आफूले पहिले नै फैसलापछि एमालेमा खुसीको खबर आउने भनेको र त्यसमा आफू दृढ रहेको बताए।

‘मैले पार्टी गइसकेपछि जे भूमिका निर्वाह गर्छु भनेको थिए त्यो गर्न सकिन। एमालेको अन्तरविरोध अन्त्य गर्न दुवै समूहका प्रतिनिधि रहेर कार्यदल बनेको छ। हालै ८ बजे खुसीको खबर आउँदैछ भन्ने थियो। त्यो खुसीको खबर सर्वोच्चको निर्णय पछि हुन्छ भन्ने थियो। मेरो भनाई जे भए पनि भरे साँझ नै खुसीको खबर आओस्। तर, मेरो दृढता सर्वोच्चको फैसलापछि एमाले एकता दृढताका साथ जानेछौं भन्ने लाग्छ।’

अहिलेको परिस्थितिको कारण तत्कालीन नेकपा र अहिलेको एमाले नै भएको गौतमको भनाई छ।

‘ठूलो घरको चहलपहल राम्रो भए राम्रो, नराम्रो भए ठूलैगरी उम्लिने भयो। एमालेमा हामीले गरेका विषयहरु परिणाम कति दरसन्तानसम्म भोग्नुपर्ने हो आँकलन गर्ने अवस्था छैन। अराजनीतिक क्रियाकलपाहरु एक पछि अर्को संविधान र ऐन नियमहरु कुल्चिने क्रियाकलापहरु, यी सबैले हामीलाई/जनतालाई शिर निहुँरिने अवस्था गरेको छ। यी सबै विषय हाम्रै पार्टीसँग सम्बन्धित भएपछि नबोलिकन कसरी अगाडि जानु?’ उनले भने।

नेकपामा र विभाजन हुँदा आफू कुनै समूहमा नलागेको भन्दै वामदेवले थपे, ‘अहिले म नेकपा एमाले पुनर्स्थापित भएपछि एमाले रोज्नैपर्‍यो। किनकि म एमालेको सदस्य हुँ। ओलीले जेठ २ मा फर्केर बैठक बोलाएपछि गए। धेरैले वामदेव ओलीतिर गयो भने। म कुनैतर्फ नभई एमाले भएको हुनाले यसमा जानै पर्थ्यो। कतिपय समूहमा मेरो नाममा दु:ख प्रस्ताव पारित भयो। गरे पनि नगरे पनि ठिकै छ।’

बजेट राष्ट्रियसभामा प्रस्तुत गर्न प्रस्ताव

नेता गौतमले बजेट राष्ट्रियसभामा प्रस्तुत गर्न प्रस्ताव गरेका छन्। ‘प्रतिनिधिसभा नभएपछि राष्ट्रियसभामा प्रस्तुत गर्नुपर्थ्यो। यो स्थायी सभा हो। प्रतिनिधिसभा स्थायी छैन। राष्ट्रियसभा र प्रतिनिधिसभाको विभेद अन्त्य हुनुपर्छ। राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ। अहिलेको अवस्था त बेलायतको ठाडो नक्कल भयो। मैले भनेको प्रस्ताव आवश्यक छ भने यो हलले प्रस्ताव पारित गरौं। त्यो बजेट फेरि प्रस्तुत हुनुपर्छ। छलफल हुनुपर्छ। आवश्यक परे नियमावली परिवर्तन गरौं। हुनसक्दैन भने मागौं। संविधानमा छैन भने पनि आउनुपर्छ। यो मेरो माग हो,’ उनले भने।

नेता गौतमले अहिलेसम्मका कुनै बजेट पार्टीको घोषणापत्र बमोजिम नआएको गुनासो गरे। ‘बोलेर र लेखेर यो विषय उठाए। तर तीन वटा बजेट मनमौजी आयो,’ उनले गुनासो गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell