PahiloPost

Jul 3, 2024 | २० असार २०८१

‘प्रधानमन्त्रीले केही नेतालाई दिग्भ्रमित पारी जसपा फुटाउन खोजे, उनलाई विश्वास गर्नु मधेशलाई धोका'



पहिलोपोस्ट

‘प्रधानमन्त्रीले केही नेतालाई दिग्भ्रमित पारी जसपा फुटाउन खोजे, उनलाई विश्वास गर्नु मधेशलाई धोका'

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालकी राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाएकी छिन्।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रमिलाले माग सम्बोधनको झुटो आश्वासन दिएर जसपाका केही नेतालाई दिग्भ्रमित पारी प्रधानमन्त्री पार्टी विभाजन गर्न लागेको आरोप लगाइन्।

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक, रेशम चौधरीको रिहाई, नागरिकता ऐन संशोधन लगायत मधेशका समस्या समाधानमा संविधान संशोधन लगायतका माग पूरा गर्ने झुटो आश्वासन दिएर जसपाका केही नेतालाई दिग्भ्रमित पारी पार्टी विभाजन गर्न लाग्नुभएको छ,’ उनले भनिन्।

आफ्नो पार्टीको विवाद मिलाउन नसक्ने, प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीबाट मधेशका समस्या समाधान हुने कल्पना पनि गर्न नहुने उनको भनाई थियो।

‘हाम्रो राजनीतिक मुद्दा सुन्नै नचाहने प्रमलाई विश्वास गर्नु मधेशलाई धोका दिनु हो। हामी सबै एकजुट भई जसपालाई एकजुट बनाउनुपर्छ,’ उनले भनिन्।

मधेश विद्रोह लगायत अग्रगामी परिवर्तनलाई संस्थागत गर्न लोकतन्त्रवादी शक्ति सत्तामा भएको भए देशको सामाजिक र राजनीतिक अवस्था राम्रो हुने उनको तर्क थियो। प्रमिला कुमारीले ओलीले अध्यादेशको भरमा शासनसत्ता कब्जा गर्ने रणनीति लिएको आरोप लगाउँदै यसलाई परास्त गर्न लोकतन्त्रवादी शक्ति एकजुट हुन आग्रह गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell