बुटवलः बाँकेको नेपालगंञ्जस्थित पुष्पलाल चोकमा रहेको राप्ती गेष्ट हाउसबाट संरक्षित रेडपाण्डाको छाला र भालुको पित्त सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिवार साँझ नेपालगंञ्ज उप–महानगरपालिका वडा नम्बर १ पुष्पलाल चोक स्थितमा रहेको राप्ती गेष्ट हाउसबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
गेष्ट हाउसमा तलासी लिने क्रममा सो होटेलको भुईतलामा रहेको १० नम्बर कोठाबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा, जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४९ को भक्त बहादुर पुन, वर्ष ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २९ को रोबिन बुढालाई पक्राउ गरेको हो।
उनीहरू बसेको खाट माथि रहेको कालो झोलामा रहेको सेतो कपडा भित्र संरक्षित रेडपाण्डा (हाब्रे) को छाला थान १, सोही खाटको सिरानी मुनी प्लास्टिक भित्र रहेको चार (४) वटा भालुको पित्त जस्तो देखिने वस्तु फेला पारेको प्रहरीले जानकारी दिएको छ।