PahiloPost

Jun 15, 2026 | १ असार २०८३

गण्डकीका दुई जिल्लामा नयाँ डेल्टा भेरिएन्ट पुष्टि!



पहिलोपोस्ट

गण्डकीका दुई जिल्लामा नयाँ डेल्टा भेरिएन्ट पुष्टि!

पोखरा : गण्डकी प्रदेशको दुई जिल्लाका  ५ जनामा नयाँ डेल्टा भेरिएन्ट बी.१.६१७.२ पुष्टि भएको छ। 

स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशले स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका २ पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा डेल्टा भेरियन्ट देखिएको पुष्टि गरेको छ। गत जेठ ३१ गते प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उक्त ५ जनाको नयाँ भेरिएन्ट जाँचका लागि जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको थियो। 

साथै, पहिलेको अल्फा भेरिएन्टमा भन्दा यसको संक्रमण हुने दर केही बढी भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell