PahiloPost

Jun 16, 2024 | ३ असार २०८१

'विक्रम वेधा'को रिमेकमा ऋतिक रोशन र सैफ अली खान



पहिलोपोस्ट

'विक्रम वेधा'को रिमेकमा ऋतिक रोशन र सैफ अली खान

तामिलको सुपरहिट फिल्म 'विक्रम वेधा'को हिन्दी रिमेक बन्ने खबर थियो। फिल्मको हिन्दी संस्‍करणका लागि अभिनेता ऋतिक रोशन र सैफअली खान अनुबन्धित भएका छन्।

बलिउड फिल्म विश्लेषक तरण आर्दशले ट्विटरमार्फत् उक्त जानकारी दिएका हुन्। फिल्मको निर्देशन 'विक्रम वेधा' का निर्देशक पुस्कर गायत्रीले नै गर्नेछन्।

फिल्मको छायांकन चाँडै सुरु गरिने फिल्म निर्माणपक्षले जनाएको छ। त्यस्तै फिल्मको रिलिज टार्गेट सन् २०२२ को सेप्टेम्बर ३० रहेको छ।

ऋतिक रोशन अभिनेता विजय सेतुपतिले निर्वाह गरेको भूमिकामा देखिने छन्। त्यसैगरि सैफअली खान भने आर माधवनले निर्वाह गरेको भूमिकामा देखिनेछन्।

फिल्मलाई निरज पाण्डेले रियायन्स इन्टरटेन्मेन्टको साथमा मिलेर निर्माण गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell