PahiloPost

Jun 15, 2026 | १ असार २०८३

गर्भवती भएको चर्चापछि आँचल शर्माले भनिन् : झुटो समाचारबाट टाढा रहनुहोस्



पहिलोपोस्ट

गर्भवती भएको चर्चापछि आँचल शर्माले भनिन् : झुटो समाचारबाट टाढा रहनुहोस्

काठमाडौं : केही दिन यता अभिनेत्री आँचल शर्मा गर्भवती समाचार फैलियो। सामाजिक सञ्जालमा उनलाई बधाई दिनेहरूको ओइरो नै लाग्यो। तर, उक्त खबरको खण्डन गरेकी छिन् आँचल स्वयंले।

फेसबुकमार्फत् आफू गर्भवती नरहेको प्रष्ट्याएकी हुन्। भनेकी छिन्,'मेरो प्रेग्रेन्सीलाई लिएर थुप्रै समाचारहरू आएका रहेछन्। जुन खबर सुनेर मलाई अचम्म लागिरहेको छ। फेक समाचारले ध्यान त खिच्छ तर यसले अन्ततः उपेक्षा र अविश्वसनीयता सिर्जना गर्छ।'

साथै यस्तो खबर सुन्न अझै केही वर्ष कुर्नुपर्ने र सबैभन्दा पहिले आफैंले नै खबर सेयर गर्ने समेत उनले जनाएकी छिन्।

सम्पूर्णलाई भाम्रक र झुटो समाचारबाट टाढा रहन आग्रह गरेकी छिन्। डेढ वर्षअघि मात्रै अभिनेत्री आँचल शर्माले डाक्टर उदिप श्रेष्ठसँग प्रेम विवाह गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell