PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा पूर्वमाओवादी नेताले दर्ता गरेको निवेदन खारेज



पहिलोपोस्ट

माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा पूर्वमाओवादी नेताले दर्ता गरेको निवेदन खारेज

काठमाडौं : निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अवैधानिक भन्दै आयोगमा दर्ता भएको निवेदनलाई खारेज गरेको छ।

पूर्व माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले दर्ता गरेको निवेदन आयोगले खारेज गरेको हो।

योगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र पार्टी खारेज गर्नु नपर्ने भन्दै आयोगले निवेदन खारेज गरेको जानकारी दिए। आयोगका आयुक्तहरुको आइतवारको बैठकले निवेदन खारेज गरेको श्रेष्ठले बताए। 'आयुक्तहरुको आजकै बैठकले माओवादी केन्द्र खारेज गर्नु पर्दैन भनेर निर्णय गरेको छ,' उनले भने।

असार २३ गते पूर्व माओवादीका नेताहरुले नेकपा माओवादी केन्द्र राजनीतिक दल सम्बन्धी ऐन अनुसारा नचलेको भन्दै अवैधानिक भएको जिकिर गरेका थिए। उनीहरुले पार्टीको विधान विपरीत केन्द्रीय कमिटीमा हेरफेर गरेको, महाधिवेशनको मिति सकिँदा पनि महाधिवेशन नभएकोले खारेज हुनुपर्ने दलील प्रस्तुत गरेका थिए।

 

 

 

                   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell