PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकाभित्र मात्र ३ सय ९१ जना थपिए



पहिलोपोस्ट

थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकाभित्र मात्र ३ सय ९१ जना थपिए

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ३१ कोरोना संक्रमण पुष्टी भएको छ। ९ हजार २ सय १८ जनाको परीक्षण गर्दा १ हजार ८ सय ३१ जनामा पुष्टी भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जानकारी दिएको छ।

५ हजार ५ सय ३५ जनाको आरटी पिसिआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको हो। जसमा पिसिआरबाट १ हजार २ सय ३७ जना र एन्टीजेनबाट ५ सय ९४ जना पोजेटीभ देखिएको हो। यसरी हेर्दा ५ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण देखिनु हो।

त्यस्तै सोहि समयमा १ हजार ५ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रिय संक्रमितको सङख्या २६ हजार १ सय ७३ रहेको छ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र थप ३ सय ९१ जना संक्रमण देखिएको छ। काठमाडौंमा २ सय ६३ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जनामा संक्रमण पुष्टी भएको हो।

पछिल्लो २४ घण्टामा थप २० जना संक्रमितको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell