काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ८३१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै, कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २० छ।
योसँगै नेपालमा ६ लाख ९९ हजार ८८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। साथै ९ हजार ३८२ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। जुन कुल संक्रमितको १.५ प्रतिशत हो।
कोभिड-१९ को दोस्रो लहरसँगै फैलिएको कोभिड-१९ को संक्रमण हाल केही कम देखिए पनि परीक्षणमा आएको कमीले संक्रमणमा कमी आएको देखिन्छ। आवर वर्ल्ड इन डेटाको तथ्यांक अनुसार हाल नेपालमा करिब ५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण दर हाल पनि १९.८६ हुन आउँछ।
यो संक्रमण दर दक्षिण एसियाकै दोस्रो धेरै हो। आवर वर्ल्ड इन डेटाको तथ्यांक अनुसार बंगलादेशमा जुन १० मा ३.४ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै भारतमा ४४.४ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ।
माल्दिभ्स ३६.२०, पाकिस्तान ३२.८० र श्रीलंकामा ९.३० जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको देखिन्छ।
यता कोभिड-१९ को कारण नेपालमा प्रति १० लाख दैनिक मृत्यु दर पनि भारतामा भन्दा बढी छ। नेपालमा प्रति १० लाख दैनिक मृत्युदर ०.७६ देखिन्छ। जुन भारतमा ०.६५ छ। श्रीलंकमा सबैभन्दा बढी दैनिक प्रति १० लाख मृत्युदर १.५४ हुँदा बंगलादेशमा १.१२ रहेको तथ्यांकले देखाउँछ।
आइतवारसम्मको तथ्यांक अनुसार प्रति १० लाख नेपालमा ३१६२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
शनिवार यो तथ्यांक नेपालमा ३२१.३१ थियो। जुन दक्षिण एसियाकै दोस्रो बढी हो। जुन १० सम्मको तथ्यांक हेर्दा दक्षिण एसियामा सबैभन्दा बढी प्रति १० लाख मृत्यु मालदिभ्समा छ। मालदिभ्समा प्रति १० लाख ३९४.०५ जनाको मृत्यु भएको छ। यो भारतमा नेपाल भन्दा कम २९५.६८ जनाको मृत्यु भएको छ। प्रति १० लाख जनसंख्या श्रीलंकमा श्रीलंका १६१.९१, अफगानस्तान १४२.८५, पाकिस्तान १०२.२३ र बंगलादेशमा ९८.३० जनाको मृत्यु हुँदा सबैभन्दा कम भुटानमा प्रति १० लाख १.३० जनाको मृत्यु भएको छ।
कोभिड-१९ को आउटब्रेक इपिसेन्टर चीनमा हालसम्म प्रति १० लाख जम्मा ३.२२ जनाको मृत्यु भएको छ।
यता नेपालमा संक्रमण प्रति १० लाख २२ हजार ४५३.११ छ। जुन दक्षिण एसियाकै दोस्रो धेरै हो। सबैभन्दा बढी मालदिभ्समा प्रति १० लाख एक लाख ३८ हजार ७३६.६७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, भारतमा प्रति १० लाख २२ हजार ३४५.७४ जनामा संक्रमण पुष्टि भएको छ। श्रीलंका १२ हजार ७५०.५६, बंगलादेश ६ हजार १२८.६०, पाकिस्तानमा ४,४०६.१५, अफगानस्तानमा ३,३८०.२१ र सबैभन्दा कम भुटानमा प्रति १० लाख २ हजार ९३६.७१ जनामा संक्रमण पुष्टि भएको छ।
