PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पाँच जना एआइजीको सरुवा तथा पदस्थापनाः उपत्यका प्रहरी कार्यालयको इन्चार्ज एआइजी कार्कीलाई



पहिलोपोस्ट

पाँच जना एआइजीको सरुवा तथा पदस्थापनाः उपत्यका प्रहरी कार्यालयको इन्चार्ज एआइजी कार्कीलाई

काठमाडौंः पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक ( एआइजी)को सरुवा तथा पदस्थापन भएको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार साउन महिनाको तलब भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा भएको हो। एआइजी हरिबहादुर पालको सरुवा प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको छ। उनको सात महिनामा नै काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सरुवा भएको हो।

सामान्यतया कुनै पनि कारबाहीमा नपरेको खण्डमा एक वर्ष अघि सरुवा हुने गरेको छैन। तर एआइजी पालको सात महिनामा नै सरुवा भएको छ। त्यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी भने एआइजी प्रधुम्म कार्कीलाई दिएको छ। उनी यसअघि राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठानमा कार्यरत थिए।

त्यस्तै एआइजी नीरज शाहीको  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको हो। उनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवम् प्रशासन विभागमा थिए।  नेपाल प्रहरी  प्रधान कार्यालय, कार्य एवम् अपराध अनुसन्धान विभागमा रहेका एआइजी विश्वराज पोखरेललाई राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।

थप भएको एआइजीको दरबन्दीमा बढुवा भएका एआइजी सहकुल थापालाई भने नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवम् प्रशासन विभागमा पदस्थापन गरिएको छ। थापालाई आज मात्रै दर्ज्यान्ही चिन्ह प्रदान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell