PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

एमालेको स्थायी कमिटी स्थगित, सर्वोच्चको फैसला आउने दिनमै बोलाए ओलीले अर्को बैठक



पहिलोपोस्ट

एमालेको स्थायी कमिटी स्थगित, सर्वोच्चको फैसला आउने दिनमै बोलाए ओलीले अर्को बैठक

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक स्थगित गरेका छन्। आइतबारका लागि बोलाएको बैठक दुई घण्टाभन्दा लामो समयसम्म पनि बस्न नसकेपछि स्थगित गरिएको हो।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिए।

एमालेको विवाद समाधानका लागि सिंहदरबारमा अहिले पनि कार्यदलको बैठक बसिरहेको छ। उक्त बैठकले तयार पारेको सहमति पत्रलाई स्थायी कमिटीको बैठकमा अनुमोदन गर्ने तयारी भएको थियो। सोही अनुसार बैठक बोलाइएको थियो।

कार्यदलका नेताहरुले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र ओलीबीचको विवाद आइतबार विहान ८ बजे औपचारिक रुपमा मिल्ने बताए पनि सहमतिको घोषणा हुन सकेन। सहमतिमा अलमल भएपछि ओलीले आइतबारको स्थायी कमिटी बैठक रोकेर सोमबारका बोलाएका छन्।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सम्मबन्धी रिटको फैसला सुनाउने पनि तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell