PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

‘केपी ओली, वि लभ यू’ भन्दै ओली समर्थकहरुले बानेश्वरदेखि माइतीघरसम्म गरे मार्चपास

‘केपी ओली, वि लभ यू’ भन्दै ओली समर्थकहरुले बानेश्वरदेखि माइतीघरसम्म गरे मार्चपास

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले आज मार्चपास गरेका छन्। प्रधानमन्त्री ओलीको समर्थनमा उनका समर्थकहरुले बानेश्वरदेखि माइतीघरसम्म मार्चपास मार्चपास गरेका हुन्।

ओलीको समर्थनमा उनीहरुले नारा लगाएका थिए। उनीहरुले ‘केपी ओली, वि लभ यू’, ‘आई एम विथ केपी ओली’ लगायतका नारा लगाएका थिए।

उनीहरुले विपक्षी दलले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएको आरोपसमेत लगाए। ओलीलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने उनीहरुको माग थियो।

बानेश्वरबाट शुरु भएको सो मार्चपास माइतीघरमा पुगेर अन्त्य भएको थियो। माइतीघरमा ओली समर्थकहरुले नाचगान गर्दै नारा लगाएर मनोरञ्जनात्मक कार्यक्रम गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell