PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

स्थायी कमिटीपछि ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, १२ घण्टाको लगातारको छलफलले लिएन सहमतिको आकार



पहिलोपोस्ट

स्थायी कमिटीपछि ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, १२ घण्टाको लगातारको छलफलले लिएन सहमतिको आकार
फाइल फोटो

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। मंगलबार ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आइतबारका लागि बोलाइएको स्थायी कमिटी बैठक ओलीले सोमबारसम्मका लागि सारेका थिए। स्थायी कमिटी बैठककै भोलिपल्ट केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

यसअघि बालुवाटारमै बसेको असार १८ र १९ गतेको केन्द्रीय कमिटी बैठकले अर्को बैठक प्रतिनिधि सभा विघटन सम्बन्धी अदालतले फैसला गरेको भोलिपल्टै बोलाउने निर्णय गरेको थियो। अदालतले सोमबार फैसलाको तयारी गरेको छ।

एमालेको विवाद मिलानका लागि कार्यदलका नेताहरु लगातार हप्तादिनदेखि छलफलमा छन्। आइतबार १२ घण्टासम्म भएको वार्ता अझै सकिएको छैन्। सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भइरहेको वार्तामा सहमतिका विभिन्न बुँदामा छलफल भएको भए पनि टुंगोमा नपुगेको हो। यसअघि एमालेका नेताहरुले शनिबारको बैठकपछि आइतबार बिहान ८ वजे सहमति भएको घोषणा हुने दाबी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell