PahiloPost

Jun 15, 2026 | १ असार २०८३

एमालेको विवाद समाधानका लागि १० बुँदे सहमति, के के विषय समेटिए?



पहिलोपोस्ट

एमालेको विवाद समाधानका लागि १० बुँदे सहमति, के के विषय समेटिए?

काठमाडौं: नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे  सहमति गरेको छ।

कार्यदलको सिंहदरवारमा बसेको बैठकले २०७५ जेठ २ गतेको कमिटीमा फर्कने र नेकपा हुँदा एमालेका नेता जुन कमिटीमा थिए त्यसैमा कायम हुने लगायतका सहमति गरेको छ। पार्टीको अन्तर्विरोध पार्टीभित्रै हल गर्ने विषयमा पनि सहमति भएको नेता भीम रावलले जानकारी दिए। उनले सबै संगठनहर अब २०७५ जेठ २ गतेअघिकै अवस्थामा फर्कने बताए। 

त्यसपछिका निर्णय स्वत: बदर हुने नेताहरुले बताएका छन्। कार्यदलले आइतबार लगातार १२ घण्टाभन्दा बढी छलफल गरेर १० बुँदे सहमति गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell