PahiloPost

Jun 15, 2026 | १ असार २०८३

इङ्ग्ल्याण्ड पहिलो हाफमा एक गोलले अगाडि, युरो कपको फाइनलको इतिहासमा सबैभन्दा छिट्टो गोल



पहिलोपोस्ट

इङ्ग्ल्याण्ड पहिलो हाफमा एक गोलले अगाडि, युरो कपको फाइनलको इतिहासमा सबैभन्दा छिट्टो गोल
Photo: reuters

यूईएफए युरो कप अन्तर्गत आज जारी फाइनल खेलमा पहिलो हाफ सकिँदा इङ्ग्ल्याण्डले एक गोलको अग्रता बनाएको छ। खेलको दोस्रो मिनेटमा नै किइरन ट्रिपिअरको पासमा लुक शले गोल गर्दै इङ्ग्ल्याण्डलाई खेलमा अग्रता दिलाएका हुन्।

१ मिनेट ५६ सेकेन्डमा भएको यो गोल युरो कप फाइनलमा सबैभन्दा छिटो भएको गोल हो भने फुटबल इतिहासमा पाँचौ छिटो भएको गोल हो।

यी हुन् युरो कपमा सबैभन्दा छिट्टो भएका गोलहरु

डिमिट्री किरिछेन्को : १ मिनेट ७ सेकेन्ड, रसिया २-१ ग्रीस (२००४)

इमिल फोर्सबर्ग: १ मिनेट २२ सेकेन्ड, स्वीडेन ३-२ पोल्याण्ड, २०२१

युसुफ पोउलसन: १ मिनेट ३९ सेकेन्ड, डेनमार्क १-२ बेल्जियम

रोबर्ट लेवान्डोस्की: १ मिनेट ४० सेकेन्ड, पोल्याण्ड १-१ पोर्चुगल, २०१६

लुक श: १ मिनेट ५६ सेकेन्ड, इटली भर्सेस इङ्ग्ल्याण्ड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell