PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रपतीय मनोनयन प्रतिस्पर्धामा ट्रम्पको सहज जित, के २०२४ को चुनावमा पुन: उम्मेदवार बन्लान्?



पहिलोपोस्ट

राष्ट्रपतीय मनोनयन प्रतिस्पर्धामा ट्रम्पको सहज जित, के २०२४ को चुनावमा पुन: उम्मेदवार बन्लान्?
फोटो: न्यूयोर्क टाइम्स

डल्लास : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २०२४ मा राष्ट्रपतीय निर्वाचनमार्फत पुन: ह्वाइट हाउसमा फर्किने तयारी गरेका छन्। 

ट्रम्पले २०२४ को जीपीओ (ग्रान्ड ओल्ड पार्टी)को कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी)को आइतवार दिउँसो टेक्सस भेलामा राष्ट्रपतीय मनोनयन प्रतिस्पर्धामा सहज जित हात पारेका छन्। गोप्य अनौपचारिक मतदानमा उनले ७० प्रतिशत मत प्राप्त गरेका हुन्। 

यो भेला सामान्यतय रिपब्लिकन उम्मेदवारको छनोटको लागि प्रमुख मानिन्छ। यसअघि फेब्रुअरीमा भएको प्रारम्भिक मतदानका क्रममा उनले ५५ प्रतिशत समर्थन प्राप्त गरेका थिए। 

टेक्ससमा भएको भेलामा ट्रम्पले समर्थकहरुलाई सम्बोधन गर्दै समर्थन गर्ने सबैलाई धन्यवाद दिएका थिए। यो प्रतिस्पर्धामा फ्लोरिडाका गभर्नर रोन डी सान्टिस दोस्रोमा छन्। उनले जम्मा २१ प्रतिशत मत प्राप्त गरेका छन्। १९ जना अन्य प्रतिस्पर्धीले भने १ प्रतिशत मत कटाउन सकेका छैनन्। 

ट्रम्पले पटक पटक आफू पुन: ह्वाइट हाउस फर्किने बताउँदै आएका छन्। उनले ठूला टेक कम्पनीहरुले २०२० को चुनावमा मतलाई परिवर्तन गरिदिएको आरोप लगाउँदै आएका छन्। 

'हामी विश्वभर नै बास्तवमै अपमानित र तिरस्कृत भएका छौँ। यो कदापी नभुल्नुस् की यो देशमा कट्टर वामपन्थीहरु बहुमतमा छैनन्। हामी नै बहुमतमा छौँ र उनीहरु हाम्रो नजिक पनि छैनन्,' ट्रम्पले भनेका छन्। 

उनले सम्बोधनका क्रममा आफूले राम्रो नतिजा हासिल गर्नु थियो भन्दै टेक्ससले देखाएको बताए। उनले यति भन्दा 'थप चार वर्ष' भन्दै भीडबाट नारा लगाइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell