PahiloPost

Jun 15, 2026 | १ असार २०८३

काठमाडौं आइपुग्यो अमेरिकाले पठाएको १५ लाख डोज कोभिडविरुद्धको भ्याक्सिन



पहिलोपोस्ट

काठमाडौं आइपुग्यो अमेरिकाले पठाएको १५ लाख डोज कोभिडविरुद्धको भ्याक्सिन

काठमाडौंः अमेरिकी सरकारले दिएको १५ लाख ३४ हजार ८५० डोज खोप आइपुगेको छ।

आज बिहान कतार एयरवेजको विमान मार्फत दोहा हुँदै खोप काठमाडौं आइपुगेको हो। जोनसन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक डोज लगाए पुग्छ। यसअघि नेपालमा उपलब्ध भएका कोरोना विरुद्धको खोप दुई डोज लगाउँदै आइएको छ।

तस्विर : अमेरिकी दूतावास / flickr

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरीले खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

तस्विर : अमेरिकी दूतावास / flickr



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell