PahiloPost

Jun 15, 2026 | १ असार २०८३

विपक्षी ५ दलीय गठबन्धनको बैठक बस्दै, अदालतको फैसलाको समीक्षा हुने



पहिलोपोस्ट

विपक्षी ५ दलीय गठबन्धनको बैठक बस्दै, अदालतको फैसलाको समीक्षा हुने

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, बाबुराम भट्टराई उपेन्द्र यादव समूहको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न लागेको हो।

सिंहदरबारमा बैठक बस्ने तयारी भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

उनका अनुसार सर्वोच्च अदालतको सोमबारको फैसलाबारे गठबन्धनले समीक्षा गर्नेछ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश भएकाले त्यसको तयारीका लागि पनि गठबन्धनको बैठक बस्न लागेको हो।

यस्तो छ अदालतको आदेश

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell