PahiloPost

Jun 15, 2026 | १ असार २०८३

अदालतको फैसलापछि नेता शर्माले भने : प्रतिगमन परास्त



पहिलोपोस्ट

अदालतको फैसलापछि नेता शर्माले भने : प्रतिगमन परास्त

काठमाडौंः माओवादी केन्द्रका नेता जनार्दन शर्माले सर्वोच्चको फैसलापछि प्रतिगमन परास्त भएको टिप्पणी गरेका छन्।

नेता शर्माले सामाजिक सञ्जालमा फैसलापछि 'प्रतिगमन परास्त भो' भन्दै लेखेका हुन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय र संसदलाई परमादेश जारी गरेको छ। त्यस्तै जेठ ७ गते राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभा समेत पुर्नस्थापन गर्न अदालतले आदेश दिएको छ।

साउन ३ गते संसद अधिवेशन बोलाउन अदालतले परममादेश दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell