PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

विवेकशील साझाका संयोजक पाण्डेले भने : राष्ट्रपतिलाई महाअभियोग



पहिलोपोस्ट

विवेकशील साझाका संयोजक पाण्डेले भने : राष्ट्रपतिलाई महाअभियोग

काठमाडौंः विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने बताएका छन्। सर्वोच्च अदातले प्रतिनिधिसभा पुनस्थार्पना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमदेश दिएको बधाई दिँदै संयोजनक पाण्डेले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, 'बाइ बाइ केपी ओली। एउटा अहङ्कारको अन्त्य हुनै थियो, भयो। अब केपी ओली प्रवृत्तिको पनि अन्त्य हुन जरुरी छ। संविधान ट्र्याकमा आयो। लोकतन्त्रको जित भयो। अब संसद्ले राष्ट्रपतिलाई पनि महाअभियोग लगाउनुपर्छ।'

सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय र संसदलाई परमादेश जारी गरेको छ। त्यस्तै, जेठ ७ गते राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभा समेत पुर्नस्थापन गर्न अदालतले आदेश दिएको छ।

साउन ३ गते संसद अधिवेशन बोलाउन अदालतले परमआदेश दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell