PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

सरकार निर्माणको विषयमा देउवाले भने : हामी पाँच दल मिलेर सल्लाह गर्दैछौं



पहिलोपोस्ट

सरकार निर्माणको विषयमा देउवाले भने : हामी पाँच दल मिलेर सल्लाह गर्दैछौं

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको निर्णय निष्पक्ष भएको बताएका छन्।

देउवा निवास बुढानीलकण्ठमा संचारकर्मीसँगको कुराकानीमा सभापति देउवाले अदालतको निर्णयले नेपालको प्रजातान्त्रिक पद्धतिलाई जोगाएको तर्क गरेका हुन्।

'यो निष्पक्ष छ। धम्कीले डराउँदैनौं। नेपालमा प्रजातन्त्र जो लोकतन्त्र भन्छौं, हामीहरु विधिको शासन हुन्छ,' देउवाले भने।

सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय र संसदलाई परमादेश जारी गरेको छ। त्यस्तै, जेठ ७ गते राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा समेत पुर्नस्थापन गर्न अदालतले आदेश दिएको छ।

सभापति देउवाले अदालतको निर्णयपछि सरकार गठनको विषयमा समेत छलफल भइरहेको बताएका छन्। सभापति देउवालाई अदालतले प्रधानमन्त्री बनाउन परमादेश दिएपछि देउवा निवासमा बधाई दिन नेता तथा कार्यकर्ताको भिड लागेको छ।

साउन ३ गते संसद अधिवेशन बोलाउन अदालतले परमादेश दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell