PahiloPost

Jun 15, 2026 | १ असार २०८३

'प्रतिगमनका सारथी र मतियार दुवैलाई सर्वोच्चले कडा तमाचा'



पहिलोपोस्ट

'प्रतिगमनका सारथी र मतियार दुवैलाई सर्वोच्चले कडा तमाचा'

जनकपुरधाम : धनुषाको शहीद नगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशले प्रतिगमनका सारथी र मतियार दुवैलाई कडा तामाचा लगाएको बताएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमन तर्फ लग्ने प्रयासमा लागेको र उनको उक्त कदम गैरकानूनी र गैरसंवैधानिक रहेको कुरालाई समेत यस निर्णयले प्रमाणित गरेको उनले प्रतिक्रिया दिए। 

सर्वोच्च अदालतको यस फैसलाले न्यायपालिकामाथि आम नेपाली नागरिकको आशा र विश्वास अझ बढ्ने बरबरियाले बताए।  ‘सर्वोच्च अदालतले सोमवार (आज) गरेको फैसला र आदेशले देशमा प्रतिगनकारी, अहँकारीको विनाशको हरियो झण्डी देखाएको भन्न खिन्न लाग्दैन,’ उनले भने, ‘वीर शहीदहरुको रगतले सिँचिएको सँविधानलाई कुल्चेर राजनीतिको रावणरुपी व्यवहारले आजित नेपाली जनताको यो भन्दा अहोभाग्य के होलान र?'

उनले देशको पाखण्ड, अहँकारी, घमण्डी, प्रतिगमनकारीको अवशान भएकै बताउँदै प्रतिनिधिसभा विघटलाई बदर गरी पुनःस्थापनाको आदेशलाई स्वागत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell