PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बुढानीलकण्ठमा बधाई थापेपछि रणनीतिक मिटिङका लागि निस्किए देउवा



पहिलोपोस्ट

बुढानीलकण्ठमा बधाई थापेपछि रणनीतिक मिटिङका लागि निस्किए देउवा

काठमाडौं : दिउँसो १ बजेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा नेता तथा कार्यकर्ताहरुको घुँइचो नै लाग्यो।

कांग्रेसका शीर्ष नेतादेखि कार्यकर्तासम्म उनलाई बधाई दिन बुढानीलकण्ठ पुगेका थिए।

सर्वोच्च अदालतले सभापति देउवालाई २७ घण्टाभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएपछि देउवाको निवासमा एकाएक सरगर्मी बढेको थियो। करिब ३ घण्टासम्म देउवा बधाई थाप्न र नेताहरुसँग अबको राजनितिक कोर्ष कसरी अगाडि बढाउने भन्ने विषयलाई लिएर व्यस्त भए।

तर, साढे ४ बजेतिर भने देउवा निवासबाट निस्किन हतारिएका देखिन्थे। बधाई दिन आउने क्रम जारी रहे पनि त्यसलाई ग्रहण गर्ने समय उनीसँग थिएन। 

देउवा निस्किएका चाहिँ आगामी सरकार कसरी गठन गर्ने भन्ने रणनीति बनाउनका लागि हो। अब कसरी सरकार अगाडि बढाउने बिषयमा गठबन्धका नेतासँग छलफल अनिवार्य वाध्यता हो देउवाका लागि। सहकार्यमै अगाडि बढ्ने सभापति देउवाले प्रतिकृया समेत दिए, निस्किँदै गर्दा।

विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा बसिरहेको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बैठक बसिरहेको हो। विपक्षी गठबन्धनमा आवद्ध ५ राजनीतिक दलका शीर्ष नेताहरु बैठकमा सहभागी छन्। नेपाल निवासको बैठक सकेर नेताहरु बानेश्वर आउँदैछन्। देउवा पनि बानेश्वरका लागि नै हिँडेका हुन्। बैठकपछि औपचारिक रुपमा गठबन्धनले केही निर्णयहरु गर्नेछ जुन सबैको प्रतीक्षाको विषय हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell