PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

देउवालाई चार महिना गाह्रो हुन्छ, समय कडा छ : ज्योतिष रिजाल



देउवालाई चार महिना गाह्रो हुन्छ, समय कडा छ : ज्योतिष रिजाल

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ। भोलि मंगलवारसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको हो।

नयाँ सरकार बनेपछि चार महिना देश थप संकटमा पर्न सक्ने देउवालाई सात पटक प्रधानमन्त्री बन्ने दाबी गरेका ज्योतिष सुरेशचन्द्र रिजाल बताउँछन्।

प्रधानमन्त्री बन्नका लागि देउवाको समय अनुकुल रहे पनि देशको अवस्था हाल नाजुक रहेको उनको भनाई रह्यो। 'अहिले कोरोना महामारीको संक्रमण उस्तै छ। बाढी पहिरोको डर उत्तिकै छ,' ज्योतिष रिजालले भने, 'देउवाका लागि योग राम्रो रहे पनि देशका लागि सावधानी अपनाउनुपर्ने देखिन्छ।'

यसका लागि हरेक काममा देउवाले होसियारी अपनाउनुपर्ने उनको सुझाव छ। 'राजा पनि मंगल, मन्त्री पनि मंगल भएकोले कडा समय छ। राज्याभिषेकदेखि हरेक कामको शुभ साइत हेर्नुपर्छ। चार महिना कठिन परिस्थिति छ,' उनले भने।

यद्यपि देउवाको योग शक्तिशाली रहेको उनको दाबी रह्यो। 'हामीले योग हेर्ने हो। शक्तिशाली योग देउवाको छ। प्रतिपक्षीको भूमिकामा बस्नुपर्ने व्यक्ति प्रधानमन्त्रीको दाबेदारसम्म जानु भनेको उहाँको योग बलियो भएरै हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell