PahiloPost

Jun 15, 2026 | १ असार २०८३

बद्लिएको परिस्थितिबारे निर्णय गर्न एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा



पहिलोपोस्ट

बद्लिएको परिस्थितिबारे निर्णय गर्न एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ। ५ वजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी शुरु भएको हो।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने उक्त बैठक बहिस्कार गरेका छन्। नेपाल आफ्नै निवासमा चलिरहेको गठबन्धनको बैठकमा सहभागी छन्।

एमालेको आइतवारको १० बुँदे सहमतिपछि नेपाल पनि बैठकमा सहभागी हुने प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले दाबी गरेको थियो। सोमवारको बैठक पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित भएको ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएपछि थप रणनीति बनाउन बैठक बसेको बताएका छन्। आइतवार स्थायी कमिटीको बैठक बोलाइएको थियो भने मंगलवार बिहान केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell