PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

बालुवाटार पुगेका भीम रावलले गरे स्थायी कमिटी बैठक बहिष्कार, ‘सहमति पत्र बुझाउन आएको हुँ, बैठकबारे जानकारी छैन’



पहिलोपोस्ट

बालुवाटार पुगेका भीम रावलले गरे स्थायी कमिटी बैठक बहिष्कार, ‘सहमति पत्र बुझाउन आएको हुँ, बैठकबारे जानकारी छैन’
फाइल फोटो।

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष तथा विवाद समाधानका लागि गठित कार्यदलका संयोजक भीम रावल स्थायी कमिटीको बैठकमा सहभागी नभएरै निस्किएका छन्। बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक बसिरहेको भए पनि रावल भने सहभागी नभएरै निस्किएका हुन्।

आफू कार्यदलले तयार पारेको १० बुँदे सहमति पत्र हस्तान्तरण गर्न आएकाले बैठकमा सहभागी नभएको रावलले बताए।

‘अध्यक्षलाई सहमति पत्र हस्तान्तरण गर्न आएको थिएँ, अब म आफ्नो गन्तव्यतिर लाग्दै छु,’ रावलले भने।

उनले आफू बैठकमा सहभागी हुन नआएकाले बैठकबारे कुनै जानकारी नभएको बताए। उनले ओलीलाई भेटेर सहमति अनुसार एमालेको एकता कायम राख्न आग्रह गरेका थिए।

बालुवाटारमा बसिरहेको एमालेको बैठकलाई वरिष्ठ नेता माधव कुमार नेपाल समूहले बहिष्कार गरेको छ। नेपाल कोटेश्वरमा भइरहेको विपक्षी ५ राजनीतिक दलको गठबन्धनको बैठकमा सहभागी भएका छन्। नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको आफू पक्षीय २३ जना सांसदको हस्ताक्षर फिर्ता नहुने अडान लिँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell