PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सर्वोच्चको फैसलाको विरोधमा माइतीघरबाट बानेश्वरसम्म युवा संघको विरोध प्रदर्शन

सर्वोच्चको फैसलाको विरोधमा माइतीघरबाट बानेश्वरसम्म युवा संघको विरोध प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि त्यसको विरोधमा नेकपा (एमाले)को भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ। सर्वोच्चले सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो।

युवा संघको विरोध र्‍याली माइतीघरबाट बानेश्वरसम्म पुगेर फर्किएको थियो। प्रदर्शनमा सहभागीहरुले अदालतको निर्णयले दलीय व्यवस्थामाथि नै प्रहार गरेको आरोप लगाएका छन्। उनीहरुले युवाहरु केपी ओलीसँगै रहने भन्दै नारा समेत लगाएका छन्।

सो क्रममा प्रहरीले विरोध र्‍यालीमा हस्तक्षेप गरेको थियो। केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। सो क्रममा प्रहरीले बल प्रयोग समेत गरेको थियो। प्रहरीले रोकेपछि उनीहरु बानेश्वरबाट फर्किएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell