PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

बीपी पार्कमा ढलान कार्य अघि बढ्दा किन भइरहेको छ विरोध? मेयर सरावगी भन्छन् : सबैमा होइन, ३ कठ्ठामा मात्र



राधेश्याम पटेल

बीपी पार्कमा ढलान कार्य अघि बढ्दा किन भइरहेको छ विरोध? मेयर सरावगी भन्छन् : सबैमा होइन, ३ कठ्ठामा मात्र

वीरगंज : वीरगंज घण्टाघरको उत्तरपट्टी रहेको बीपी पार्कमा ढलान कार्य अघि बढेपछि विरोध हुन थालेको छ। बीपी पार्क कंक्रिटमय हुन लागेको भन्दै सरोकारवालाहरुले विरोध थालेका हुन्।

चौतर्फी विरोध हुन थालेपछि वीरगंजका मेयर विजय सरावगीले पत्रकार सम्मेलन नै आयोजना गरी यसबारे स्पष्टीकरण दिएका छन्। सोमवार सरावगीले कुल १० विघा जग्गामध्ये ३ कठ्ठामा मात्र पक्की ढलानको कार्य भइरहेको बताए। दुई दिनदेखि बीपी पार्कमा ढलान भइरहेको पार्किङस्थलको विषयमा सरावगीको विरोध भएको थियो।

‘केन्द्र र स्थानीय केही सञ्चार माध्यममा र समाजिक सञ्जालमा केही व्यक्तिले भ्रम छर्ने काम गर्नू भएको छ, तर हामीले पुरै बीपी पार्कमा कंक्रिटको काम गरेका होइन, पार्कमा शौचालय पनि चाहिन्छ, कार्यालय पनि चाहिन्छ, पार्किङस्थल पनि चाहिन्छ,’ उनले भने, ‘१० विघामै पक्की ढलान गरेर बीपी पार्कको मर्म विपरित जान चाहेका छैनौं, जम्मा ३ कठ्ठमा साइकल, मोटरसाइकल, अटो रिक्सा तथा अन्य सवारी सधान पार्क गर्न उक्त निर्माण कार्य भइरहेको छ। शहरी विकास मन्त्रालययले ३५ करोडको लागतमा बीपी पार्क बनाउने डिपिआर तयारी गरी गुरु योजनाको लागि काम शुरु गरेको छ। चालू आवमा ४ करोड बजेट पठाएको थियो भने अगामि आवमा जम्मा २ करोडको बजेट छ।

बीपी पार्कको योजनामा जसरी भनिएको छ, त्यसैगरी नै खुल्ला चौर, बगैंचा, तथा अन्य संरचना निर्माण हुने जनाए। पार्कलाई गुरु योजनाअनुसार चार खण्डमा विभाजन गरी नक्सा बनाइएको छ। संघन शहरी तथा भवन निर्माण कार्यालयले सञ्चालन गरेको योजना अनुसार पहिलो सशुल्क पार्किङ स्थल, दोस्रो स्टेजसहितको खुल्ला मञ्चलाई खुल्ला बहुदेशिय क्षेत्र, तेस्रामा शहीद स्मृति क्षेत्र र चौथो फाउन्टेन, शहीद पार्क, पोखरी, चिल्ड्रेन पार्कलगायत रहेका छन्।

किन भयो विरोध?

शहरी संघन तथा भवन निर्माण कार्यालय वीरगंजले ४ करोडमा ठेक्का अवहवान गरे तपानि यसै असारमा काम सक्ने गरी बनशक्ति सागर जेभीलाई उक्त ठेक्का  ३ करोड २० लाखमा परेको थियो। जसमा ११ सय मिटर पार्कको वरपर पर्खाल लगाउनु पर्ने थियो भने ४ हजार वर्गमिटरमा पार्किङ स्थल ढलान गर्नू पर्ने थियो। गत वैशाखदेखि पर्खालको काम शुरु भएको थियो भने असारको दोस्रो साता पार्कको ढलान कार्य शुरु भयो। बर्खाको समयमा हिलोमा भइरहेको ढलान कार्य पनि गुणस्तरीय नहुने भन्दै अधिकांश वीरगंजवासीले विरोध जनाएका छन्। तत्कालिन वीरगंजका मेयर माधवलाल श्रेष्ठ र विमल श्रीवास्तवाको पालामा ५–५ करोड गरी १० करोड यातायात संस्थानबाट १० विघा क्षेत्रफलको बीपी उद्यान बनाउन जग्गा खरिद गरिएको थियो। तर तत्कालिन मेयर गोपाल गिरीको पालामा २०६० सालमा नेपाल सरकारले मन्त्रिपरिषद्बाट निर्णय भएपछि त्यति बेलाको वीरगंज नगरपालिका लालपूर्जा प्राप्त गरेको थियो। केही वर्षदेखि उक्त जग्गामा मिना बजारका खुद्रा तरकारी पसले र हङकङ बजार, साना ठेलामा बेच्ने नास्ता पसलेहरु, डोम मुसहरहरुले बसोबास गर्दै आएका थिए। वीरगंज महानगरले प्रहरी लगाएर उक्त जग्गा खाली गराउँदै आएको छ भने तरकारीको थोक विक्रेताहरुको व्यवसाय अहिले पनि जारी छ।

बीपी पार्कमा मधेसी पार्क बनाउँदा पनि भएको थियो विरोध

बीपी पार्कको जग्गामा कुनै अन्य संरचना बनाउन नपाइने शर्त हुँदाहुँदै पनि अन्य संरचना बनाउँदा हरेक पटक विरोध हुने गरेको छ। गत २०७५ माघ २७ गते प्रदेश २ सरकारले मधेशी पार्क बनाउने शिलान्यास गरेको थियो।मुख्यमन्त्री लालबाबु राउत र पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्र रुपमा मधेसी शहीद पार्क बनाउने भनेर शिलान्यास गर्दा समाजिक सञ्जालमा विराधे भएको थियो। त्यसपछि घण्टाघरकै सार्वजनिक शौचलय नजिकै मधेशी शहीदहरुको स्मृति पार्क निर्माण गरिएको छ। शिलान्यसमा प्रदेश २ सरकारले वीरगंज महानगरसंग समन्वय नगर्दा उनी कार्यक्रमा सरिक भएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell