PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

देशवासीको नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयारीमा ओली, स्थायी कमिटी स्थगित



प्रकाश भण्डारी

देशवासीको नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयारीमा ओली, स्थायी कमिटी स्थगित

काठमाडौं : झन्डै दुई तिहाईको मतका साथ प्रधानमन्त्री बनेका केपी शर्मा ओली पटकपटक असंवैधानिक कदम चालेका कारण पदबाट अपदस्त भएका छन्। प्रतिनिधि सभा दोस्रोपटक विघटन गरेका ओलीको काम असंवैधानिक भन्दै सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेको छ।

यो सँगै ओलीले बालुवाटार छाड्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयार गरिरहेको बताइएको छ। बालुवाटार स्रोतका अनुसार ओलीले आफ्नो कार्यकालमा भएका फेहरिस्तसमेत सम्बोधनका क्रममा बताउनेछन्। देशवासीको नाममा सम्बोधनको तयारीले गर्दा एमालेले बोलाएको स्थायी कमिटी स्थगित भएको छ।

'आज १ बजे बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक सम्माननीय प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा २ बजे सम्बोधन गर्नुपर्ने कारणले स्थगन गरिएको छ,' एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भने।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ४१औं प्रधानमन्त्रीका रुपमा फागुन ३, २०७४ मा नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell