PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

देउवालाई प्रधानमन्त्रीको शपथ खुवाउन कस्तो तयारी हुँदैछ शीतल निवासमा ?



पहिलोपोस्ट

देउवालाई प्रधानमन्त्रीको शपथ खुवाउन कस्तो तयारी हुँदैछ शीतल निवासमा ?
फाइल फोटो

काठमाडौंः सर्वोच्च अदालतले समय तोकेर नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिइसकेको छ। सोमबार दिउँसो संवैधानिक इजलासले आज (मंगलवार) ५ बजेभित्र नियुक्त गराउन आदेश दिएको हो।

अदातलको आदेश अनुसार सभापति देउवालाई ५ बजेभित्र नियुक्त गराउनु पर्ने हुन्छ। त्यसपछि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउँछिन्। अबको केही घण्टामा नै प्रधानमन्त्रीमा नियुक्त गराउनुपर्ने हुन्छ।

त्यसो भए राष्ट्रपति निवासमा शपथको तयारी कस्तो छ त ?

'अदालतले नै भनेपछि नियुक्त गर्ने वा शपथ गराउनु नै पर्ला। तर अहिलेसम्म हामीलाई शपथको कार्यक्रम जानकारी आएको छैन। केही समयमा आउँला कि भन्ने हो,' राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले भने।

उता सभापति देउवा भने आफू प्रधानमन्त्री बन्ने भएपछि मन्त्रिपरिषद् बिस्तारमा लागेका छन्। आफ्नै पार्टी र माओवादी केन्द्र, जनता समाजवादी पार्टीबाट पहिलो चरणमा मन्त्री बनाउने तयारीमा जुटिसकेका छन्। काँग्रेसबाट पहिलो चरणमा एक जना मात्र मन्त्री बनाउने भएका छन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे सम्बोधन गर्दै छन्। उनले अहिलेसम्म कुनै पनि राजीनामा भने दिएका छैनन्। राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीको शपथ खुवाएपछि ओलीले बालुवाटार छोड्नुपर्ने हुन्छ।

ओलीले आज वा भोलि बालुवाटार छोड्ने कुनै औपचारिक जानकारी आएको छ। ' कहिले सर्ने भन्ने उहाँको कुरा हो। तर देउवा प्रधानमन्त्री भएपछि उहाँ बालुवाटरमा रनुहुन्,' नेकपा एमालेका ओली निकट नेता सुभाष नेवाङले भने।

तर बालुवाटारपछि पुग्ने बालकोट निवासमा भने सुरक्षादेखि अन्य तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell