काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो २ बजे राष्ट्रको नाममा सम्बोधन गर्न सिंहदरवार पुगे।
प्रधानमन्त्रीको हैसियतमा कार्यकालको उनको यो सम्बोधन नै अन्तिम बन्यो। सर्वोच्चको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरिसकेकी छिन्।
ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट करिब एक घण्टा सम्बोधन गरे। सम्बोधनमा ओलीले अदालतको फैसलामा असन्तुष्टि व्यक्त गर्न भ्याए। फैसला अनुचित भएको, विश्वको इतिहासमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री हटाएको र तोकेको भन्दै उनले असन्तुष्ट व्यक्त गरेका थिए।
आफूलाई पार्टी भित्रका र बाहिरका मानिसले काम गर्न नदिएको आरोपसमेत लगाएका थिए। ओली सम्बोधनपछि सिंहदबारबाट बालुवाटार लागेका छन्।
