PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

उच्च अदालत विराटनगर इलाम इजलासकी कर्मचारीको हत्या अभियोगमा असई समातिए



पहिलोपोस्ट

उच्च अदालत विराटनगर इलाम इजलासकी कर्मचारीको हत्या अभियोगमा असई समातिए

काठमाडौंः उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत एक महिलाको हत्या अभियोगमा प्रहरीले अदालतका सुरक्षा गार्ड (असई) लाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय इलामको टोलीले अनुसन्धानको क्रममा अदालतका सुरक्षा गार्ड ३५ वर्षीय प्रहरी असई युवराज बनियाँलाई नियन्त्रणमा लिएको हो।

' घाँटी थिचेर हत्या गरेको देखिएको छ। हामीले पाएको प्रमाणले उनलाई नै अभियुक्त देखाएकाले हामीले नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ,' जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्र  श्रेष्ठले भने।

अदालतकी कर्मचारी ४८ वर्षीय विमलादेवी निरौला पराजुलीको शव सोमबार अदालत परिसरमा फेला परेको थियो। पक्राउ परेका असई दुई वर्षदेखि अदालतमा कार्यरत थिए। उनलाई निलम्बन गरिएको छ। हत्याको कारण भने दुई जनाबिचको आपसी सम्बन्ध भएको खुलेको एसपी श्रेष्ठले बताए।

' उनीहरू बिच केही आपसी सम्बन्ध देखिन्छ। त्यही बिचमा केही विषयमा विवाद हुँदा आवेगमा हत्या गरेको खुलेको छ,' एसपी श्रेष्ठले भने।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अभियुक्त बनियाँ विरुद्ध थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell