PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

थप २ हजार ३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु



पहिलोपोस्ट

थप २ हजार ३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टी भएको छ।

७ हजार ५८ जनाको आरटी पिसिआरबाट परीक्षण गर्दा १ हजार ६ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यस्तै ३ हजार ९ सय ५४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय ५९ जनामा पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै सोही अवधिमा देशभरबाट संक्रमण भएका २ हजार ७८ जना निको भएका छन्। त्यस्तै १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell