PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

देउवासँगै चार* मन्त्रीले पनि आजै सपथ लिने, गृहमा बालकृष्ण, अर्थमा जनार्दन, ऊर्जामा पम्फा



पहिलोपोस्ट

देउवासँगै चार* मन्त्रीले पनि आजै सपथ लिने, गृहमा बालकृष्ण, अर्थमा जनार्दन, ऊर्जामा पम्फा

काठमाडौं : आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिँदैछन्। उनीसँगै तीन मन्त्रीले पनि सपथ लिनेछन्।

आज गठन हुने मन्त्री परिषद्मा गृह मन्त्रीको रुपमा बालकृष्ण खाँड, अर्थ मन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसालले सपथ लिने स्रोतले जनाएको छ। 

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री तथा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिसभा विघटन तथा नयाँ प्रधानमन्त्री चयनलाई असंवैधानिक ठहर्‍याएपछि देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका हुन्। राष्ट्रपति निवासमा सपथको तयारी गरिएको छ।

तीनै जना नयाँ मन्त्री भने होइनन्। नेपाली कांग्रेसका खाँड पूर्व रक्षा मन्त्री हुन् भने माओवादी केन्द्रका जनार्दन शर्मा पूर्व गृह, ऊर्जा मन्त्री। पम्फा भुसालले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय सम्हालिसकेकी छिन्। 

अपडेट : कांग्रेसका ज्ञानेन्द्र कार्कीले पनि सपथ लिँदैछन्। उनीसहित चार मन्त्रीले सपथ लिने भएका हुन्। समाचारका लागि तलको लिंकमा क्लिक गर्नुस्।

दिनभर अर्थमन्त्रीमा चर्चा, शीर्ष नेताहरुको छलफलमा थिएन कार्कीको नाम, सपथ लिन लाग्दा कानुन मन्त्रालय तय

*(यसअघि तीन मन्त्रीले सपथ लिँदै भन्ने शीर्षक थियो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell