काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएका छन्। नियुक्ति सम्बन्धी विवाद सुल्झिएपछि राति ८ बजेपछि शपथ भएको हो। ६ बजे नै शपथको कार्यक्रम तय भए पनि नियुक्ति सम्बन्धी पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै दुई घण्टाभन्दा ढिला भएको थियो।
विवादपछि नियुक्तिमा संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको व्यहोरा थप भएको छ।
शपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्। सत्ता सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको शपथ समारोहमा उपस्थित भए।
देउवाले पाँचौँ पटक प्रधानमन्त्री प्रधानमन्त्रीको शपथ लिएका हुन्।
