PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

मिनी मन्त्रिपरिषदमा कांग्रेसका दुबै मन्त्री देउवा गुटका



पहिलोपोस्ट

मिनी मन्त्रिपरिषदमा कांग्रेसका दुबै मन्त्री देउवा गुटका

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। योसँगै उनी पाँचौँ पटक प्रधानमन्त्री भएका छन्।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै देउवाले सत्तारोहण गरेका हुन्। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकोले पाँचै दलको शीर्ष नेताहरुको सल्लाहमा देउवाले मिनी मन्त्रिपरिषद् बनाए।

जसमा कांग्रेसबाट गृहमा बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भए। खाँण र कार्की दुबै देउवा गुटका नेता हुन्।

उनी इतरका नेताहरु मीनेन्द्र रिजाल, गगन थापाको नाम चर्चामा ल्याइए पनि पहिलो मन्त्रिपरिषदमा ठाउँ दिइएन।

माओवादीबाट अर्थमा जनार्दन शर्माले र उर्जामा पम्फा भुसालले शपथ लिएका छन्। जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चबाट पनि आज कुनै नेता मन्त्री बनेनन्। दोस्रो पटकको मन्त्रिपरिषद् विस्तारमा आफू इतरका नेतालाई पनि समेट्ने सहमति कांग्रेसमा भएको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell