PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

देउवा सरकारको पहिलो निर्णयः असोज मसान्तसम्म एक तिहाइ र चैतसम्म सबै नागरिकलाई कोरोना खोप



पहिलोपोस्ट

देउवा सरकारको पहिलो निर्णयः असोज मसान्तसम्म एक तिहाइ र चैतसम्म सबै नागरिकलाई कोरोना खोप

काठमाडौंः सरकारले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई कोरोनाविरुद्धको खोप प्रबन्ध गर्ने निर्णय गरेको छ। शेरबहादुर देउवा प्रधानमन्त्रीमा  नियुक्ति र शपथपछि पहिलो पटक सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि बैठक बसेको थियो। 

बैठकले कोभिड-१९ रोकथाममा भएको हालसम्मको खर्च सार्वजनिक गर्ने, अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। कोभिडका कारण संकटमा परेको अर्थतन्त्र सुदृढ बनाउन विशेष प्याकेज ल्याउने निर्णय पनि सरकारले गरेको छ। 

यस्तै, बैठकले मन्त्रिपरिषद् समितिमा रहेका सबै प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय पनि गरेको छ। 

सरकारले कोभिडसँगै अर्थतन्त्रको सुदृढीकरण, विकास निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ। यस्तै स्थानीय निर्वाचनलाई पनि सरकारले प्राथमिकतामा राखेको छ।  

बैठकले सरकारको प्रवक्तामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell