PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

शपथको पर्खाइदेखि पद बहालीसम्म, शीतल निवासदेखि सिंहदरवारसम्म देउवाको सवा घण्टा

शपथको पर्खाइदेखि पद बहालीसम्म, शीतल निवासदेखि सिंहदरवारसम्म देउवाको सवा घण्टा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः सर्वोच्चको आदेशानुसार शेरबहादुर देउवा मंगलबार अपराह्न प्रधानमन्त्री नियुक्त भए। राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिन्। राष्ट्रपति कार्यालयले मंगलबार साँझ ६ बजे नै शपथ कार्यक्रम तय गर्‍यो। 

तर, नियुक्तिको पत्रको व्यहोरामा असहमति जनाउँदै देउवाले शपथ लिन मानेनन्। नियुक्तिको पत्रमा संविधानको धारा समेत उल्लेख नभएको भन्दै शपथ अस्वीकार गरे। राष्ट्रपतिको नियुक्ति सम्बन्धी निर्णयमा अदालतको आदेशानुसार भनिएको थियो। 

व्यहोरामा असहमति भएपछि दुई घण्टाभन्दा बढी समय शपथ ढिला भयो। साँझ ६ बजेका लागि तय भएको शपथ राति सवा ८ बजेमात्र सुरु भयो। 

शपथ सकिएपछि देउवालाई राजनीतिक दलका शीर्ष नेता र सांसदहरुले बधाई दिए। सोपछि देउवा पद बहालीका लागि सिंहदरवार पुगे। 

सिंहदरवारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले कोरोना जोखिम न्यूनीकरण तथा रोकथामबारे विभिन्न निर्णय ग¥यो। साथै आउँदो चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई कोरोनाविरुद्धको खोप प्रबन्ध गर्ने निर्णय पनि गर्‍यो। साथै हालसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने तथा अग्रप्रंक्तिमा खटिएकाहरुलाई दिने भनिएको जोखिम भत्ता भुक्तानी प्रक्रिया एक साताभित्र सुरु गर्ने पनि निर्णय गरेको छ। 

शीतल निवासमा सवा ८ को शपथपछि रातिको ९ः३५ मा देउवा प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका थिए। 

शीतल निवासदेखि सिंहदरवारसम्मको सवा घण्टा हेर्नुस् तस्विरमा । 

फोटोः प्रदीपराज वन्त/रासस


ट्रेन्डिङ पोस्ट

Ncell