अझै पनि बगराम एयरफिल्ड कंक्रिटको पर्खाल र रेजर तारले घरिएको छ। बगराम एयर बेसको रुपमा चिनिने यो स्थान पछिल्लो २० वर्ष अफगानस्तानमा अमेरिकी सैनिकको अड्डा थियो।
यही महिनाको सुरुवातमा यो बेस अफगानी सेनालाई जिम्मा लगाइएको छ। अमेरिकी सैनिकहरु बगरामबाट बिदा भएका छन्।
'एयर बेसमा त्यस्तो महत्त्वपूर्ण केही छाडेका छैनन,' एयरबेसका हालका कमाण्डर जनरल मिर असदुल्लाह कोहिस्तानीले सिन्ह्वासँग भनेका छन्, 'अमेरकी सेनाले सबैकुरा ध्वस्त पारेका छन्। जनु सुविधा तथा सैन्य उपकरणहरु थिए ती अफगानी फौजले प्रयोग नगरुन् अथवा तिनीहरुलाई अमेरिकासम्म ओसार्न महंगो हुने भएर होला सबै ध्वस्त पारेर गएका छन्।'
एयरबेसमा रहेको कवाडको ठूलो चाङ स्थानीय डिलरहरुलाई बिक्री गर्न बाँकी रहेको स्थानीय कवाड व्यवसायी गुल मोहमदले बताएका छन्।
यो त एउटा कवाडमात्र हो। तर, अमेरिकी सैनिकले अफगानस्तानमा छाडेर गरेको वास्तविक गडबडीको चिन्ताले विश्वको ध्यान तानेको छ।
हरेक मोर्चामा असफल
अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिलमा अफगानस्तानबाट आफ्ना सम्पूर्ण सेना सेप्टेम्बर ११ भित्र फिर्ताको आदेश जारी गरेसँगै अमेरिकी सेनाहरु फर्किन थालेका छन्। अमेरिकी ट्वीन टावरमा भएको आक्रमणको २० औं वर्ष पूरा हुँदै गर्दा बाइडेनले यस्तो घोषणा गरेका हुन्।
आक्रमणका योजनाकार अलकायदा नेता ओसामा विन लादेन लुकेको भन्दै अमेरिकी सेनाले प्रतिबन्ध लगाउँदै अमेरिकी सेना अफगानस्तान प्रवेश गर्दै त्यहाँको तालिवानमाथि प्रतिबन्ध लगायो।
अफगानस्तानबाट ९० प्रतिशत फिर्ताको काम सकिसकेको छ। यो अभियान अगस्ट ३१ सम्म सकिसक्ने घोषणा बाइडेनले गरेका छन्।
अमेरिकी सैन्य फिर्तीसँगै तालिवानी फौजहरु सक्रिय हुन थालेका छन्। तालिवान समूहको दाबी छ की अफगानस्तानको ८५ प्रतिशत भूभाग उनीहरुको कब्जामा छ। मस्को पुगेको तालिवानी प्रतिनिधि मण्डलको टोलीले शुक्रवार यस्तो घोषणा गरेको थियो। उनीहरुले आफ्नो कब्जामा ३९८ जिल्लामध्ये २५० जिल्ला रहेको दाबी गरेका थिए।
तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले आफ्नो सेनाले सीमावर्ती शहर इस्लाम काला र टोर्गुन्डी नियन्त्रणमा लिएको दाबी गर्दै आएका छन्।
अमेरिकी सेनाको फिर्तीसँगै तालिवानी सक्रियता बढ्दै गएको विषयलाई अमेरिकाले नजिकबाट नियालिरहेको बताएका छन्। 'अफगानी सरकारी फौजलाई बलियो बनाउँदै उनीहरुको देश रक्षा गर्ने समय हो,' पेन्टागनका प्रवक्ता जोन किर्बीले आइतवार भनेका छन्।
अमेरिकी सेनाको फिर्तीलाई अमेरिकाको परायजको रुपमा ब्याख्यासमेत गर्न थालिएको छ। युनाइटेड स्टेट इन्स्टिच्युट अफ पिसमा प्रकाशित टिप्पणीमा फिर्तीको हतारोले पुरानो गल्ती दोहोरिने उल्लेख छ।
ह्युमन राइट वाचले अपगानस्तानमा अमेरिकी फण्डको दुरुपयोगले असफलताको नेतृत्व गरेको जनाएको छ।
२००१ मा अमेरिकी नेतृत्व सैन्य सगंठनको बलमा तालिवानलाई अफगानस्तान सत्ताबाट हटाइएको छ। २०१८ मा तालिवान समूह अमेरिकी पक्षसँग वार्तामा बस्दै २०२० को फेब्रुअरीमा दोहामा भएको शान्ति सम्झौतामा गर्दै अमेरिकाको फिर्ता र तालिवान नियन्त्रित क्षेत्रमा अलकायदासहित अन्य सैन्य समूहलाई सञ्चालन गर्न नदिने सहमति भएको थियो। सोही अनुरुप राष्ट्रिय शान्ति वार्ता गर्दै अगाडि बढाउँदै लैजाने सहमति भएको थियो।
यसबीच तालिवानले पनि अफगानस्तानमा आफ्नो विजय भएको र अमेरिका पराजय भएको टिप्पणी गर्दै आएका छन्।
अमेरिका अफगानस्तानमा प्रवेश गर्दै गर्दा त्यहाँ अलकायदा र तालिवानहरु सञ्चालनमा थिए। तालिवानलाई अलकायदालाई समर्थन गरेको आरोप अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुले लगाउँदै आएका थिए।
अफगानस्तानका अवकास प्राप्त सैन्य जनरल तथा राजनीतिक तथा सैन्य विश्लेषक अतेक्लाहा ओमरखिलका अनुसार तालिवान र अलकायदा मात्र शक्तिमा रहेको अफगानस्तानमा २०२१ सम्म आइपुग्दा त्यहाँ स्लामिक स्टेटसहित २० लडाकु समूहहरू सक्रिय रहेका छन्।
२० वर्षपछि अमेरिका अफगानस्तानबाट बाहिरिँदै गर्दा पनि युद्ध तथा हिंसाले देशलाई अझै पनि गिजोलिरहेको उनले बताए। 'अफगानस्तानमा अमेरिकी नेतृत्वको सैन्य समूहको २० वर्षे उपस्थितीले हिंस्रक युद्ध, अस्थितरा र संक्रमणबाहेक केही दिएन। अहिले देखिएको युद्ध, विनास सबै अमेरिकी नेतृत्वको सैन्य हस्तक्षेपको कारण नै हो,' उनले भने।
यसबीच २४ सय बढी अमेरिकी सैनिकहरुको अफगानस्तानमा मृत्यु भएको छ भने २० हजार बढी घाइते बताएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघ संस्थाहरुले ४७ हजार ६ सयको हाराहारीमा सर्वसाधारण मारिएका छन्।
अफगानस्तान भियनताम पछिको दोस्रो देश हुन पुगेको छ, जहाँबाट अमेरिकी सैनिक विना विजय ठूलो क्षतीसहित फर्किँदै छ।
अफगानस्तान र अमेरिकाबीच भएको सुरक्षासम्बन्धी सम्झौतामा अमेरिकाले अफगानस्तानलाई जुनसुकै अवस्थामा आवश्यक पर्दा साथ दिने सहमति भएको थियो। तर, अमेरिका युद्धकै बीचमा अफगानस्तानमा संक्रमणकाललाई छाडेर फिर्ता भएको छ।
अफगानस्तानमा अमेरिकी सेनाको नेतृत्वमा युद्धको नेतृत्व गरेका अस्टिन मिलर जुलाई १२ (सोमवार) त्यहाँबाट सांकेतिक समारोहमार्फत विवाद भएका छन्। मिलर अमेरिकी सेनाको अफगानस्तानमा नेतृत्व गर्ने चार तारे अमेरिकी जनरल बनेका छन्।
मिलर अफगानस्तानमा २०१८ देखि कार्यरत छन्। यता अमेरिकाको फिर्ता सुरु भएसँगै तालिवान समूहले आफ्नो टेलिग्राम च्यानलमार्फत आफ्नो प्रभाव विस्तार गर्दै अगाडि बढेका छन्। यद्यपि उनीहरुले अलकायदालाई अफगानस्तानमा सञ्चालनमा रोक लगाउने दाबी गर्दै आएका छन्। यसअघि साउथ चाइना मर्निङ पोस्टको दिस विक इन एसियामा अलकायदाका प्रवक्ता सुहाइल साहिनले अलकायदा वितेको युग भएको भन्दै आफ्नो देशमा अब थप सक्रिय हुन नदिइने बताएका थिए।
त्यस्तै तालिवानले अलकायदाका सदस्यहरु अफगानस्तानमा नरहेको बताउँदै आएका छन्।
चीनको बढ्दो चासो
अमेरिकी सेनाको फिर्तासँगै अफगानस्तानमा चिनियाँ सहयोग बढ्ने संकेत देखिएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले यसैहप्ता मध्य एसियाका ३ देशमा भ्रमण गर्न लागेका छन्।
उनको यस भ्रमणलाई विदेश नीतिका पर्यवेक्षकहरुले अफगानिस्तानमा अमेरिकाले छाडेको ‘शक्तिको रिक्तता’लाई पूर्ति गर्ने कार्यको रुपमा हेरेको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
विदेशमन्त्री वाङ सोमवारदेखि साता लामो तुर्केमिनिस्तान, ताजाकिस्तान र उज्वेकिस्तानको प्रमण गर्दै छन्। सांघाई सहयोग संगठनका सदस्य राष्ट्रहरुको भ्रमणका क्रममा उनको भ्रमणले अफगानस्तानमा चिनियाँ प्रभाव बढाउने विषयमा छलफल हुने बताइएको छ।
चीनले छिमेकी देशहरूसँग काम गरेर अफगानस्तानमा शान्ति र स्थायित्वको पक्षमा काम गर्न चाहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।
अफगानस्तान चीनलाई युरासीयासँग जोड्ने मध्य विन्दु हो। अफगानस्तानमा शान्ति र स्थायित्व भए चीलनलाई युरासीयासँग कार्गो आवतजावतमा सहजता हुने छ। त्यस्तै बीआरआई मार्फत यस क्षेत्रको आर्थिक पुनर्उत्थानमा सहयोग पुग्ने बताइएको छ।
यसअघि तालिवानका प्रवक्ता शाहिनले चीनलाई आफूले मित्र शक्तिको रुपमा लिएको भन्दै बेइजिङसँग पुनर्निर्माणको लागि सहयोगका विषयमा संवाद गर्न चाहेको बताएका थिए। साथै उनले अफगानस्तानले सिनजियाङ प्रान्तका युगुर मुस्लिम लडाकुलाई प्रसय नदिने प्रतिवद्धतासमेत जारी गरेका थिए।
तालिवानको यो प्रतिक्रिया चिनियाँ विदेशमन्त्रीको छिमेकी देशको भ्रमणलाई लक्षित गरी थियो।
को हुन तालिवान?
पास्तो भाषामा तालिवान शब्दको अर्थ धार्मिक विद्यार्थी हुन्छ। उनीहरुको उदय १९९० को दशकमा सोभियत युनियनका सैनिकहरु अफगानस्तानबाट फिर्ता भएसँगै उत्तरी पाकिस्तानबाट सुरु भएको हो। पास्तुन अभियानबाट उदय भएका उनीहरु साउदी अरबबाट सहयोग प्राप्ता कट्टरपन्थी सुन्नी इस्लाम समुदायका हुन्।
तालिवानले पास्तुन क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्दै आफ्नो छुट्टै कानुन लागू गर्ने वाचा गरेका थिए। दक्षिण पश्चिम अफगानस्तानबाट तालिवानले आफ्नो प्रभाव बढाउँदै लगे। सेप्टेम्बर १९९५ मा इरानको सीमावर्ती प्रान्त हेरत कब्जा गरे। त्यसको एक वर्षपछि राजधानी काबुल कब्जा गर्दै बुरहानुद्दिन रबानी नेतृत्वको सरकारलाई अपदस्त गरे। रबानी अफगान मुजाहिद्दिनका संस्थापक हुन्। १९९८ सम्म आइपुग्दा तालिवानले अफगानस्तानको ९० प्रतिशत भुभाग नियन्त्रणमा पुगेको थियो।
आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा भ्रष्टाचार विरोधी कार्य गर्दै कानुन विहिनतलाई कम गर्दै सडक संरचनाहरु बनाउँदै तालिवानहरुले जनताको मन जितेका थिए। तालिवानले इस्लामिक सजायलाई समर्थन गर्दै अफगानस्तानमा लागु गर्यो। पुरुषलाई दारी राख्न र महिलालाई बुर्खा लगाउन अनिवार्य गर्यो।
तालिवानले टेलिभिजन, संगीत सिनेमामा प्रतिबन्ध लगाउँदै १० वर्षभन्दा माथिका बालिकालाई विद्यालय जान रोक लगायो। उनीहरुमाथि गम्भिर मानवअधिकार उल्लंघनको आरोप लाग्दै आएको छ।
उनीहरुले २००१ मा मध्य अफगानस्तानमा रहेको कुनै समय विश्वकै अग्लो बुद्धको मूर्तिमा विस्फोट गरेका थिए। ६ सताब्दीमा निर्माण गरिएको यो मूर्ति २००१ मा विष्फोट गरी क्षति पुर्याइएको छ। बिमायन बुद्धका दुई मूर्तिहरु चट्टानी पहाडमा कुँदिएका थिए। जसमध्ये एक ५५ मिटर र अर्को ३७ मिटर अग्ला थिए।
अफगानस्तानमा तालिवान सत्तामा आएपछि पाकिस्तानसहित साउदी अरब र संयुक्त अरब इमिराट्सले समर्थन गरे।
अन्तर्राष्ट्रिय रुपमा तालिवानको आलोचना मलाला युसुफजाई माथिको आक्रमणलाई लिएर हुने गर्छ। अक्टोबर २०१२ मा अल पाकिस्तानी तालिवानले उनीमाथि आक्रमण गरेको थियो। त्यसको एक वर्ष पछि पाकिस्तानमा पेसावरको विद्यालयमा नरसंहार भयो। त्यहाँ अमेरिकी सैन्य ड्रोन आक्रमणमा परी पाकिस्तानी तालिवानी समूहका नेता हकिमउल्लाहको मृत्यु भएको थियो।
२००१ को सेप्टेम्बर मा वर्ल्ड ट्रेड सेन्टर न्यूयोर्कमा आक्रमण भएपछि अमेरिकाले तालिवानमाथि ओसामा विन लादेनलाई संरक्षण गरेको आरोप लगाएको थियो।
अक्टोबर ७ २००१ मा अमेरी सैन्य गठबन्धनले अफगानस्तानमा आक्रमण गर्यो। डिसेम्बरको पहिलो साता अफगानस्तानमा तालिवानको सत्ता ढल्यो।
अमेरिकी सेनाको उपस्थितिमा पनि अफगानस्तानमा पुन: तालिवानको वर्चस्व बढ्दै गयो। सन् २०१२ मा आइपुग्दा तालिवानले काबुलमा लगातार आक्रमण गर्यो। जसमध्ये प्रमुख थियो नाटोको बसतियोन बेसमाथिको आक्रमण।
सन् २०१३ मा शान्तिको झिनो आशा पलायो। तालिवानले आफ्नो कार्यालय कतारमा स्तापना गर्ने घोषणा गर्यो। सन् २०१५ मा तालिवानका तत्कालीन प्रमुख मुल्लाह उमरको मृत्यु केही समय लुकाइयो। पछि उमरको साथमा रहेर काम गरेका मुल्लाह मनसुरलाई नयाँ प्रमुख बनाइयो। सोही वर्ष तालिवानले कुनडुज शहरमा कब्जा गर्यो। मनसुरको मृत्यु २०१६ को मे मा अमेरिकी सेनाको ड्रोन स्ट्राइकमा परेर भयो। उनको स्थानमा मावलावी हिबा६ल्लाह अखुनडाजडा प्रमुख बने। उनी हालसम्म समूहको नेतृत्व गरिरहेका छन्।
उनी पूर्व तालिवानका प्रधानन्यायाधीश हुन्। उनी तालिवानको राजनीतिक, धार्मिक तथा सैन्य मामिलाको कार्यकारी अधिकार राख्छन्। अहिले तालिवानको राजनीतिक उपप्रमुखको रुपमा मुलालाहा अब्दुल जानी बारादार छन्। उनी दोहामा तालिवानको राजनीतिक कार्यालयका संस्थापक हुन्। त्यस्तै अर्का उपप्रमुख तालिवानका संस्थापक मुल्लाह उमरका छोरा मुल्लाह मुहममद याकुब छन्। उनी सैन्य सञ्चालन कमाण्डर हुन्। त्यस्तै अर्का उपप्रमुख सिराजुद्दिन हाकिनी छन्। उनी हाकिनी नेटवर्कको प्रमुख हुन्। हाकिनी नेटवर्क अफगानस्तानमा नाटो विरुद्ध लडिरहेको गुरिल्ला सैन्य समूह हो। यो समूहको अस्थित्व नरहेको तालिवान र हाकिनीका नेताहरुले बताउँदै आएका थिए। तर पनि हाकिनी नेटवर्क कायम रहेको देखिन्छ। हाकिनी नेटवर्क सन् १९८०को दशकमा अमेरिकी रेगन प्रशासनको समयमा सीआईएको सहयोगमा सञ्चालित सोभियत विरोधी गुरिल्ला समूह हो। सन् २०१२ मा अमेरिकाले हाकिनी नेटवर्कलाई आतंकवादी संगठनको रुपमा सूचीमा राख्यो।