PahiloPost

Jun 15, 2026 | १ असार २०८३

मेस्सीको फोटो र नाममा भारतमा 'मेस्सी बिडीँ'!



पहिलोपोस्ट

मेस्सीको फोटो र नाममा भारतमा 'मेस्सी बिडीँ'!

कोपा अमेरिका जितेपछि मेस्सी अहिले विश्वभर चर्चामा छन्। भारतमा भने केही दिनयता फरक चर्चा छ मेस्सीको। उनको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल छ, जुन एउटा बिडीँको प्याकेटमा छापिएको छ। अर्थात् उनको नाम र फोटो प्रयोग गरिएको 'मेस्सी बिडीँ' भारतमा चर्चामा छ। मेस्सीको भारतमा पहिलो विज्ञापन भएको भन्दै सामाजिक सञ्जालमा ट्रोलहरु पनि त्यतिकै चलिरहेको छ।

मेस्सीको फोटो सामाजिक सञ्जालमा छापिएपछि एकजना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्: मेस्सीको भारतमा पहिलो विज्ञापन।

 

त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्: यो कोपा अमेरिकामा जितको परिणाम हो।

 

अर्का एकजना प्रयोगकर्ताले त 'टिम मेस्सी' लाई मेन्सन गर्दै यसको बारेमा सोधेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell