PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

गण्डकी संसद आज पनि अवरुद्ध 



पहिलोपोस्ट

गण्डकी संसद आज पनि अवरुद्ध 
फाइल फोटो।

पोखरा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि गण्डकी प्रदेश संसद अवरुद्ध गरेको छ। प्रतिपक्षीले आवश्यक बहुवर्षीय योजनाहरुलाई निरन्तरता नदिइएको भन्दै बजेटमाथिको छलफलमा  अवरुद्ध  गरेको हो। बजेटको न्यायोचित वितरण नभएको एमालेले आरोप लगाएको छ। सदनमा बोल्दै एमाले सांसद रामशरण बस्नेतले बजेटको न्योचित वितरणमा ध्यानदिनुपर्ने बताउँदै रातो किताब सच्याउन आग्रह गरे। 

'कालो कोठामा बसेर षड्यन्त्रपूर्ण रुपमा ल्याइएको बजेटलाई स्वीकार गर्न सक्दैनौं,' उनले भने, 'एउटा जिल्लामा ५ योजना वितरण भएको छ। एउटा वार्डमा ९ वटा योजना वितरण भएको छ। यही हो न्यायोचित? यही हो गठबन्धनले देखाएको हर्कत?'
एमालेले स्थानीय तहको केन्द्र जोड्ने सडक, एक घर एक धारा, उज्यालो गण्डकी प्रदेश जस्ता कार्यक्रम नसमेटिएको  बताउँदै आएको छ। यस

विषयमा  पुर्नविचार हुनुपर्ने र मुख्यमन्त्रीलाई गराएको ध्यानाकर्षणको जवाफ नआइन्जेल  सदन चल्न नदिने एमालेको अडान छ।  एमालेले आज मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण गराएको थियो।

त्यसपछि संसदमा सभामुखले बजेट पास नभए जवाफदेही को हुने भनेर प्रश्न गरेका थिए। 

‘प्रश्न जे छन्, आधा घण्टाभित्र छलफल गरेर अघि बढ्न समय दिन्छु,’ सभामुखले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell