PahiloPost

Jun 15, 2026 | १ असार २०८३

अर्थमन्त्रीको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा



पहिलोपोस्ट

अर्थमन्त्रीको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा

काठमाडौं : सरकारले कोरोना खोप खरिदको लागि ५ अर्ब रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थ मन्त्रालयले थप रकम दिएको हो। 

नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हाले लगत्तै पहिलो निर्णय गर्दै खोप खरिदका लागि बजेट स्वीकृत दिएका हुन्।

अर्थमन्त्री शर्माले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष जोखिम भत्ताको समेत व्यवस्था गरेका छन्। स्वास्थ्य मन्त्रालयले पेश गरेका तीनवटा फाइलहरु सदर गर्दै उनले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताए।

यस्तै, उनले कोभिड जोखिम न्यूनिकरणका लागि अक्सिजन प्लान्ट, एचडीयू आइसीयू तथा भेन्टिलेटर खरिदका लागि पनि रकम स्वीकृति दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell