PahiloPost

Jun 15, 2026 | १ असार २०८३

देउवा प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिन भारतीय दूतावासको बधाई



पहिलोपोस्ट

देउवा प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिन भारतीय दूतावासको बधाई

काठमाडौं : नेपाल स्थित भारतीय दूतावासले प्रधानमन्त्री नियुक्त भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बधाई दिएको छ।

ट्वीट गर्दै दूतावासले नेपाल र भारत बिचको साझेदारी र जनता जनता बिचको सम्बन्धलाई थप सुदृढ गर्न देउवा सरकारसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेको छ।

देउवा नेतृत्वको सरकार गठनमा भारत सरकार सकारात्मक नरहेको  भारतीय विश्लेषकहरुको बुझाइ छ। देउवा प्रधानमन्त्रीमा नियुक्त  भएको २४  घण्टा बित्न लाग्दा समेत भारतको संस्थापन पक्षले देउवालाई बधाई दिएको छैन। त्यसैले पनि भारत देउवा सरकारको गठनमा खुसी नभएको आँकलनलाई पुष्टि गर्छ। 

देउवालाई मंगलवार राति नै अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुभकामना दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell