PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

ब्यान्ड बाजा बजाएर बालकोटमा ओलीको स्वागत

ब्यान्ड बाजा बजाएर बालकोटमा ओलीको स्वागत

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवासबाट निजी निवास बालकोट पुगेका छन्।

बालुवाटारबाट प्रहरीको स्कर्टिङसहित निस्किएका ओलीको गाडीभन्दा पछाडि युवा संघका कार्यकर्ताहरुको जुलुस थियो। बालुवाटारबाट शहीदगेट, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर हुँदै ओलीले शक्ति प्रदर्शन गर्दै निवाससम्मको यात्रा तय गरेका थिए।

बालकोट पुग्दा ओलीको स्वागत गर्दै कार्यकर्ताहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध नारा लगाएका थिए।

युवा संघले ओलीलाई मोटरसाइकल र गाडीको स्कर्टिङसम्म बालकोटमा पुर्‍याउँदा सडकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको थियो। बालकोटमा ओलीको स्वागतमा ब्यान्ड बाजा बजाउनुको साथै एमाले भातृ संगठनको उपस्थिति थियो।



ट्रेन्डिङ पोस्ट

Ncell