PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कालीगण्डकी डाइभर्सनमा काम रोक्न सर्वोच्चको अन्तरिम आदेश



पहिलोपोस्ट

कालीगण्डकी डाइभर्सनमा काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनसँग जोडिएका काम कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ।

प्रधान न्यायाधीश चोलेन्द्रशम्मेशर जबराको इजलासले धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्व रहेको उल्लेख गर्दै नदीको प्राकृतिक बहाबलाई पथान्तर गरी रिजर्भवायल बनाउने, प्रदुषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्ने लगायतका अन्य प्रकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरु नगर्न भन्दै अन्तरिमक आदेश गरेको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विपक्षी बनाएर प्रकाशमणि शर्मासहितको निवेदनमाथि सर्वोच्चले यस्तो अन्तरिम आदेश जारी गरेको हो। 

कालीगण्डकीको सौन्दर्यलाई असर पार्नेगरी नदीको प्राकृतिक बहावलाई परिवर्तन गर्ने, ड्याम बनाउने, शालिग्राम एवं गिट्टी, बालुवा चोरी निकास गर्ने उद्देश्यले भएका निर्णय तथा कार्य रोकी पाउँ भन्दै निवेदन परेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell