PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कर्मचारीलाई अर्थमन्त्री शर्माको निर्देशन : काम छाडेर चाकडीमा नआउनु



कर्मचारीलाई अर्थमन्त्री शर्माको निर्देशन : काम छाडेर चाकडीमा नआउनु
तस्विर : रासस

काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा शर्माले कर्मचारीहरुलाई चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन बताएका हुन्। मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उनले आग्रह गरे।

नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हाले लगत्तै पहिलो निर्णय गर्दै खोप खरिदका लागि बजेट स्वीकृत समेत गरेका छन्। कोरोना खोप खरिदको लागि ५ अर्ब रुपैयाँ निकासा गर्न उनले स्वीकृति दिएका हुन्।

सम्बन्धित समाचार : अर्थमन्त्रीको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell