PahiloPost

Jun 15, 2026 | १ असार २०८३

पूर्व प्रधानमन्त्री ओलीलाई निवास छोडेर फर्किएको समूहले कोटेश्वरमा जलायो नेता माधव नेपालको पुतला

पूर्व प्रधानमन्त्री ओलीलाई निवास छोडेर फर्किएको समूहले कोटेश्वरमा जलायो नेता माधव नेपालको पुतला

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री पदबाट अपदस्त भएपछि बालुवाटारबाट निजी निवास बालकोट फर्किए पूर्व प्रधानमन्त्री केपी शर्मा ओली। त्यो यात्रामा उनलाई साथ थियो युवाहरुको।

बिहान बालुवाटारबाट प्रहरीको स्कर्टिङ सहित निस्किएका ओलीको गाडीभन्दा पछाडि युवा संघका कार्यकर्ताहरूको जुलुस थियो। जुलुसले आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको विरोध गरिरहेको थियो।

विरोध कार्यकर्तामा मात्र सीमित भएन। निवास पुगेपछि ओलीले समेत माधव नेपाललाई आरोप लगाउन भ्याए। यतिसम्मकी गद्दारको संज्ञा समेत दिए। जुलुस सहित पुगेको भिड ओलीलाई निवासमा छोडेर फर्कियो। तर, भिड झनैं माधव नेपालप्रति आक्रोशित बन्यो।

कोटेश्वरमा आइपुगेपछि भिडले माधव नेपालको पुत्ला जलायो। नेपालविरुद्ध चर्का नारा घन्कियो। प्रहरी र प्रदर्शनकारी बिच केही घम्साघम्सी समेत भएको थियो। विरोधमा युवासंघका नेता तथा कार्यकर्ता सहभागी थिए।



ट्रेन्डिङ पोस्ट

Ncell