काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडको उपचार, रोकथाम र व्यवस्थापनबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग परामर्श गरेका छन्। प्रधानमन्त्री नियुक्त भई कार्यभार सम्हालेपछि देउवाले पहिलो पटक सीसीएमसीका पदाधिकारीसँग छलफल गरेका हुन्।
छफलमा प्रधानमन्त्री देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन पनि दिएका छन्।
छलफलबारे ट्विट गर्दे देउवाले भनेका छन् -आज कोभिड–१९ को #उपचार, #रोकथाम र #व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारबाहीका विषयमा कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु। कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु।
आज कोभिड–१९ को #उपचार, #रोकथाम र #व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारबाहिका विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु। कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु। pic.twitter.com/fftfYOwMx4
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 14, 2021