PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रचण्डलाई भेट्न अष्ट्रेलियाली राजदूत खुमलटार पुगिन्



पहिलोपोस्ट

प्रचण्डलाई भेट्न अष्ट्रेलियाली राजदूत खुमलटार पुगिन्
फोटो: प्रचण्डको सचिवालय

काठमाडौं : नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी वोल्कले बिहीवार बिहान नेकपा (माओवादी केन्द्र ) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ सँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटवार्तामा प्रचण्डले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेका थिए। 

गत वर्षको अन्त्यमा नेपालमा राजदूतको रुपमा कार्यभार समालेकी उनी पहिलो पटक प्रचण्डसँग भेट गर्ने खुमलटार पुगेकी हुन्। भेटमा प्रचण्डले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। 
उक्त भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरेकी थिइन्। साथै उनले नेपालको कोभिड-१९ विरुद्धको लडाइमा समेत अष्ट्रेलियाले सहयोग गर्ने प्रतिवद्धता जनाएकी दूतावास स्रोतले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell